सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा दोषी ठहर भएको दुई दिनपछि मृत भेटिए इन्जिनियर पोखरेल

निरन्तर न्यूज
११ जेष्ठ २०८१, शुक्रबार १८:५४

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका छन् ।

बिहीबार बिहान भक्तपुरस्थित आफ्नै घरमा पोखरेल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । अदालतले दोषी ठहर गरेको दुई दिनपछि उनी मृत फेला परेका हुन् ।

सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा यही जेठ ८ गते विशेष अदालतले उनीसहित ४ जनालाई दोषी ठहर गरेको थियो ।

 

अदालतले उनलाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनी गत वर्ष नै निलम्बनमा परेका थिए ।

साथै, घटनास्थलमा प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ । पोखरेलले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु