अर्थमन्त्री वर्षमान पुनले शुरु गरे आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण
निरन्तर न्यूज
१५ जेष्ठ २०८१, मंगलवार १५:३५
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण शुरु गरेका छन् । संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको प्रयासमा चलायमान हुँदै गएको दाबी गरेका छन् ।