वर्तमान समीकरण र सरकार निरन्तर अगाडि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

निरन्तर न्यूज
१८ जेष्ठ २०८१, शुक्रबार १८:२९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान समीकरण र सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“वर्तमान सरकार पाँचै वर्ष टिक्छ । नेताहरूको भेटघाटलाई लिएर कुनै शङ्का, उपशङ्का नगर्दा हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको प्रसङ्ग जोड्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता समीकरणबारे शङ्का नगर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु