एमाले मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल बिजयी

निरन्तर न्यूज
२१ जेष्ठ २०८१, सोमबार १७:२६

हेटौंडा । नेकपा (एमाले) मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल विजयी हुनु भएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी इन्द्रमान स्याङतानलाई ५१ मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो ।

विजयी पोखरेलले ३१३ र पराजित हुनु भएका स्याङतानले २६२ मत प्राप्त गर्नु भएको छ । अध्यक्षका अर्का उम्मेदवार लालबहादुर थापाले १६६ र देवराज रिमालले ११ मत प्राप्त गरेर पराजित हुनु भएको छ ।
त्यस्तै उपाध्यक्षमा हिदम लामा २७९ मतान्तरले विजयी हुनु भएको छ । विजयी लामाले ४७६ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी सुनिल मोक्तानले १९७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षकै उम्मेदवार भरत दुलालले ८० र धुब्र चौलागाईले ३६ मत प्राप्त गर्नुभयो ।
सचिवमा सिता बिष्ट २९७ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी मदन दाहालले २५५ मत प्राप्त गरेर पराजित हुनुभयो । सचिवकै अर्का उम्मेदवार राजन थापाले १७१ मत प्राप्त गर्नुभयो ।

उपसचिव (खुलातर्फ) फुर्वा लामा २४१ मत पाएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी दिपक खड्काले १६२ मत प्राप्त गर्नुभयो । यस्तै, उपसचिवकै उम्मेदवार ईन्द्र नेपालले १२९, खेम जर्गा मगरले १०० र कृष्ण प्रसाद चौलागाईंले ८६ मत प्राप्त गर्नु भएको छ ।

उपसचिव (महिला) मा आरति पाठक २४१ मत पाएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी पार्बती रानाले १७२, कल्पना बलामीले १५६ र जुना दाहालले १५२ मत पाउनु भएको छ ।
एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि १२औं अधिवेशन अन्तरगत आईतबार हिजो निर्वाचन भएको थियो । कुल ७७७ प्रतिनिधि मध्ये निर्वाचनमा ७६५ मत खसेको थियो । सदस्यको मत गणना अझै बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*