आन्दोलनमा उत्रिएका ट्यांकर चालकसँग भयो सहमति

निरन्तर न्यूज
४ असार २०८१, सोमबार १५:१५

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच आज सोमबार दिउँसो भएको वार्ता सकारात्मकरूपमा टुंगिएको छ ।

सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको हो । छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएर बाहिर निस्केका छन् ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार, केही समयमै बजारको अभाव हट्नेछ । उनले भने, ‘ट्यांकर चालक संघले अघि सारेको ७ वटा मागमा केही माग निगमले पूरा गर्नेछ । केही माग पूरा गर्न भने कमिटी बनेको छ । त्यो कमिटीले अध्ययन गरेर प्रतिवेदन दिएपछि त्यही अनुसार अगाडि जानेछ ।’

आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*