आगामी आर्थिक वर्षका लागि हेटाैँडा उपमहानगरकाे बजेट २ अर्ब ४३ करोड

निरन्तर न्यूज
४ असार २०८१, सोमबार १५:३८

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आगामी आगामी आर्थिक वर्ष २०८१।८२ का लागि दुई अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । आइतबार बसेको १५औँ नगरसभाले उक्त बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको हो।

नगरसभामा उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा रु ४६ करोड ७२ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए। जुन बजेट आर्थिक वर्ष २०८०।८१ भन्द२ १६ दशमलव ०७ प्रतिशत कम हो।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट रु. एक अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट रु. ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट रु. ११ करोड १७ लाख रुपैयाँ रहेको छ। त्यसैगरी उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ रु. ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकासतर्फ रु. सात करोड ५६ लाख, सामाजिक विकासतर्फ रु. ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु. तीन करोड १२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि रु. ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु. दुई करोड ५१ लाख विनियोजन गरिएको समेत बानियाँ जानकारी दिए ।

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि रु. १७ करोड, खानेपानीको महसुल भुक्तानीका लागि रु. दुई करोड आठ लाख, नागस्वती फुटबल रङ्गशाला निर्माणका लागि रु एक करोड ७२ लाख, हेटौँडा चक्रपथअन्तर्गत १५, १६ र १७ नम्बर वडाका लागि रु दुई करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ । त्यसैगरी उपप्रमुख बानियाँले प्रस्तुत गरेको बजेट तथा नगर प्रमुख मिनाकुमारी लामाले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमसमेत सर्वसम्मत रूपमा पारित भएको छ। स्थानीय तहले नीति तथा कार्यक्रम असार १० भित्र ल्याउनु पर्न संवैधानिक व्यवस्था रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*