संसदीय छानबिन विशेष समितिले सुरू गर्‍यो कानुनी परामर्श

निरन्तर न्यूज
६ असार २०८१, बुधबार १७:०३

काठमाडौं । सहकारीको बचत रकम अपचलनका विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ।

आज संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोगलगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

यसअघि मंगलबार समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभाग लगायत सम्बन्धित पक्षसँग परामर्श गरेको थियो।

छानबिनका क्रममा कानुनी जटिलता नआओस् भन्नका लागि कानुनी परामर्श गरेको समितिका संयोजक सूर्यबहादुर थापाले बैठकपछि जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*