बर्खास्तमा परेका मुकुलले भने– रविको क्लवबाट निस्कासित भएँ, घण्टी बज्न रोकिँदैन

निरन्तर न्यूज
२६ असार २०८१, मंगलवार १४:३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री र प्रवक्ता पदबाट हटाइएका मुकुल ढकालले आफू रवि लमिछाने क्लवबाट निस्कासित भएपनि पार्टीभित्र घण्टी बज्न नरोकिने बताएका छन् ।

रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्य मात्रै रहने गरी बर्खास्त गरेको केही मिनेटमै उनले सामाजिक सञ्जाल फेसुबक मार्फत् भनेका छन्, ‘रवि लामिछानेको क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन । रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन । घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोली…

सो पार्टीको अनुशासन आयोगले यसअघि निलम्बित अवस्थामा रहेका महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो ।रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीविरुद्ध गतिविधि गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो ।

उनको निलम्बन समय सकिन लागिरहेको अवस्थामा अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो ।

अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएकाले ढकालको महामन्त्रीको २ वर्षे राजनीतिक यात्रा रास्वपाबाट विसर्जन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*