पेट्रोलियम पदार्थको मूल्य घट्याे

निरन्तर न्यूज
१७ श्रावण २०८१, बिहीबार ०७:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*