मकवानपुरमा बिषालु च्याउबारे अभिमुखिकरण

निरन्तर न्यूज
२४ श्रावण २०८१, बिहीबार १४:०३

हेटाैँडा । मकवानपुरमा पहिलाे पटक बिषालु च्याउबारे अभिमुखिकरण गरिएकाे छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरले आज हेटाैँडामा बिज्ञसहित विशालु च्याउकाे कारण निकट भविष्यमा महामारी फैलने संभावनालाई मध्यनजर गर्दै सन्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएकाे छ ।

गण्डकी प्रदेश बिज्ञन प्रविधि प्रतिष्ठानका अनुसन्धानकर्ता एवम् च्याउ बिज्ञ शिव देवकाेटाले संसारमा १४ हजार च्याउका प्रजाति मध्ये नेपालमा १२ सय ९२ प्रजाति रहेकाे जर्नलमा समेत प्रकाशित भएकाे बताए । अनुसन्धानकर्ता देवकाेटाले  नेपालमा च्याउबारे रैेथाने ज्ञान भएकाहरुले सधै खाइने च्याउ जस्तै देखिने तर अरुनै प्रजातिकाे च्याउ खान गै मृत्यु समेत हुने गरेकाे आफ्नाे प्रस्तुतीमा बताए ।

देवकाेटाले नेपालमा १ सय ५९ थरी च्याउ खान याेग्य र एक सय थरि च्याउ बिषालु रहेकाेले च्याउलाई पहिचान गरेर खान अनुराेध गरे ।

नेपालमा दुधे च्याउ खान याेग्य रहेकाे बताउँदै देवकाेटाले मकवानपुर, चितवन सल्यानलगायत ८ जिल्ला च्याउकाे जाेखिममा रहेकाे बताए । मकवानपुरमा पहिलाे पटक च्याउकाे विषयमा कार्यक्रम गरिएकाे बताउँदै जन स्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले यसलाई पालिका तह हुँदै जनतामा सचेतना फैलाइने बताए । पालिकाका स्वास्थ्य शाखासँग समन्वय गरेर कार्य गरिने घिमिरेले बताए ।

कार्यालय प्रमुख कृष्ण मिजारले  केहि समय अधि मकवानपुरमा च्याउ खाँदा ४ जनाकाे ज्यान गएकाे थियाे भने २२ जना प्रभावित भएकाेले यसबारे सचेतना कार्यक्रम गरिएकाे बताए । कार्यालय प्रमुख मिजारले च्याउ खान याेग्य छ कि छैन यसबारे बुझाउन सक्नेगरि कार्यक्रम सन्चालन गरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु