वर्षायाममा स्वस्थ रहन यसाे गर्नुहाेस्
काठमाण्डाैँ । वर्षातको मौसममा विभिन्न बिमारीको जोखिम हुन्छ। यही मौसममा डेंगु, मलेरिया, ज्वरो, आँखा र घाँटीको संक्रमण हुने जोखिम हुन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर बर्सेनि वर्षायाममा १० देखि ४० करोड जना डेंगु संक्रमित हुन्छन्। डेंगु मात्र होइन, सर्दी, खोकी, भाइरल, मलेरियादेखि झाडापखालाको जोखिम पनि हुन्छ।
परिवारमा एक व्यक्ति मात्र बिरामी पर्दा पनि पूरै परिवार डिस्टर्ब हुन्छ। संक्रमण फैलिने रोगहरू परिवारका अन्य सदस्यलाई पनि सर्ने जोखिम हुन्छ। त्यसैले वर्षायाममा आफू र परिवारलाई स्वस्थ राख्न चुनौति हुन्छ।
यो मौसममा बिमारीबाट बच्ने ९ टिप्स:
– शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने खानेकुरा खाऊँ
– फिल्टर गरिएको र उमालिएको पानी मात्र पिऊँ। शरीरलाई हाइड्रेटेड राखौं।
– फोहोर हातले आँखा र अनुहारमा नछोऊँ
– खाना बनाउनु र खानुअघि साबुन-पानीले राम्ररी हात धोऊँ
– स्ट्रिट फुडहरू खान बन्द गरौं
– घर आसपासमा पानी जम्न नदिऊँ। किनकि, त्यस्तो पानीमा लामखुट्टे पैदा हुन्छन्।
– पानी भिज्न र भिजेका कपडा लगाउनबाट बचौं
– सडकमा सावधानीपूर्वक गाडी चलाऊँ
– पूर्ण निन्द्रा लिऊँ र सुतेको समयमा झुलको प्रयोग गरौं
यी कुरामा पनि अपनाऊँ सावधानी :
– घरमा भित्ता र छतको मर्मत गराऊँ
– पानी सोस्ने म्याटको प्रयोग गरौं
– विद्युतीय ग्याजेटहरूलाई वाटर प्रुफ ब्याग या सिलिकन कभरमा राखौं
– माइक्रो फाइबर कपडाबाट ग्याजेटहरूको सफाइ गरौं
– मोबाइल र ल्यापटप चार्जमा राख्दा सावधानी अपनाऊँ










