राम्राे निन्द्राले हुन्छ शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत

निरन्तर न्यूज
९ भाद्र २०८१, आईतवार ०९:००

नयाँदिल्ली- राम्रो निन्द्रा सम्पूर्ण स्वास्थ्यका लागि अति जरुरी छ। किनकि, राम्रो निन्द्राको समयमा शरीरले आफूलाई रिकोभर गर्छ।

त्यसैबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ। र, हाम्रो सोच्ने र बुझ्‍ने क्षमता पनि बेहतर बनाउँछ।

निन्द्रा प्रभावित हुनुको अनेक कारण हुन्छन्। राम्रो निन्द्राको लागि शयन कक्षको तापमान सही हुनु आवश्यक छ। र, ओछ्यान पनि आरामदायी हुनु जरुरी छ।

सुत्‍नु ३-४ घण्टाअघि भोजन गरिसक्नुपर्छ। अपराह्नपछि चिया-कफी पिउनु हुँदैन। किनकि, चिया-कफीले निन्द्रा बिगार्ने जोखिम बढी हुन्छ।

दैनिक नियमित समयमा सुत्‍ने बानी बसालौं। हाम्रो शरीरले सर्केडियन रिदममा काम गर्छ, जो २४ घण्टाको प्राकृतिक साइकल हो। यो साइकल उज्यालो र अँध्यारोबाट नियन्त्रित हुन्छ।

दैनिक नियमित समयमा सुत्‍ने र जाग्‍ने बानीले शरीरको आन्तरिक घडी नियमित बनाउँछ।

साप्ताहिक विदाको दिन पनि निश्‍चित समयमा सुत्‍नुपर्छ। किनकि, साप्ताहिक विदाको दिन ढिलो सुत्‍ने र ढिलो उठ्ने बानीले तपाईंको नियमित चक्र बिथोलिदिन्छ।

सुत्‍नुभन्दा एक घण्टाअघि नै ग्याजेटहरू बन्द गरौं। स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरजस्ता डिभाइसबाट निस्किने ‘ब्लू लाइट’ले हार्मोन मेलाटोनिनको उत्पादनमा बाधा पुर्‍याउँछ। सोही हार्मोनले हाम्रो निन्द्रालाई नियन्त्रित गर्छ। यदि सुत्‍नु केही समय अघिसम्म डिभाइस चलाउनुपर्नेछ भने ‘ब्लू लाइट फिल्टर’ प्रयोग गरौं।

ब्रिदिङ टेक्निक ४-७-८ अपनाऊँ। रिल्याक्सेसन टेक्निकको अभ्यासले सुत्‍नुभन्दा अघि शरीरलाई संकेत गर्छ, अब आरामको समय हो। गहिरो सास लिने, प्रोग्रेसिभ मसल रिल्याक्सेसन तथा ४-७-८ ब्रिदिङजस्तो तरिकाबाट मनले शान्ति महशुस गर्छ। भास्कर डट कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*