खाग तस्करीको आरोपमा हवाई फायर गरि सेनाले गर्‍यो एकजना पक्राउ

निरन्तर न्यूज
११ पुष २०८१, बिहीबार २०:०२

हेटौंडा । हेटौंडामा नेपाली सेनाद्वारा ५ राउण्ड हवाइ फायर गर्दै गैडाको खाग तस्करीको आरोपमा आज एक जना पक्राउ गरिएको छ ।

गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट एक जनालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाक तस्करीको आशंकामा पक्राउ गरिएको व्यक्तिलाई सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमै लिएर गएको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ गरिएको व्यक्तिको नाम अझै खुलेको छैन ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका श्री नयाँ गोरख गणका उपसेनानी दिपक बाँस्कोटा सहितको टोलीले गैडाको खाग तस्करी गर्ने ब्यक्तिलाई खोज्दै जाने क्रममा हेटौंडा ८ बाट एकजना पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*