राष्ट्रिय मुवँथाई मकवानपुरको अध्यक्षमा मैनाली चयन
हेटौंडा । राष्ट्रिय मुवँथाई संघ मकवानपुरको अध्यक्षमा प्रविण मैनाली चयन भएका छ्न ।
आज शुक्रबार संघको हेटौंडामा भएको भेलाले मैनालीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षहरुमा ध्रुबराज ढकाल र बिबेक बजगाई चयन भएका छन भने सचिवमा रन्जिता विष्ट चयन भएकी छिन । सह-सचिवमा श्रीजना लामिछाने तथा कोषाध्यक्षमा बिनोद पौडेल चयन भएका छ्न । संघको सदस्यहरुमा चित्रबहादुर तामाङ, सुरज दुलाल, परमेश्वर पौडेल, राजन श्रेष्ठ , नारायण ढकाल,रुपा बर्तौला कठायात, रिया महत क्षेत्री,किरण गिरि, राहुल थोकर लामा, बादल सिलवाल,रोषन पौडेल, रुपककुमार बर्नवाल र मदन बन्जरा चयन भएका छ्न ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य सुनिल दाहाल, अल्पाइन स्पोर्ट्स महासंघका केन्द्रीय अध्यक्ष गोविन्द भट्टराई,बागमती अटोमोबाइल्स संघकि उपाध्यक्ष सीता केसी, राष्ट्रिय बक्सिङ महासंघका उपाध्यक्ष सविन भट्ट्चार्य, तरुण दलका क्षेत्रीय सभापति सन्जय श्रेष्ठ, उपभोक्ता मन्च मकवानपुरका प्रबक्ता बिजय कार्की, नेपाल राष्ट्रिय मुवँथाई संघका केन्द्रीय सदस्य अनिल श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।