सिन्धुलीलाई हराउँदै दाेलखा प्रदेश लिगकाे फाइनलमा प्रवेश
हेटौंडा । दोलखाको टाइगर टिम हेटौँडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लुअल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
दोलखाको जीतमा मिलन श्रेष्ठले पहिलो हाफको ३१ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । दोस्रो हाफको ५६ मिनेटमा सिन्धुलीको तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई १÷१ गोलको बाराबरीको स्थितिमा र्पुयाएका थिए । दोलखाका शम्भुजन श्रेष्ठले दोस्रो हाफको ६४ मिनेटमा गोल गर्दै टिमलाई जीत दिलाएका हुन् ।
खेलको म्यान अफ द म्याच घोषित हुँदै दोलखाका उत्तम खत्रीले ३ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत आज बिहीबार सेमिफाइनल चरणको अन्तिम खेलमा ललितपुर फुटबल क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।