क्यानविरुद्ध सामाजिक सञ्जालमा लेख्दा सन्दीपलाई कारवाही

निरन्तर न्यूज
८ माघ २०८१, मंगलवार २०:३६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ ।

गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका विषयमा उनलाई कारवाही गरिएकाे क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । लामाका अनुसार क्यानसँगको सम्झौता विपरितको क्रियाकलाप गरेकोले लामिछानेलाई कारवाही गरिएको हाे ।

लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।लामाले साझा पोष्टसँग भने , ‘जय ट्रफीका बेला सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले एक खेलका लागि निलम्बन गरिएको हाे ।’

सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए ।

पछिल्लो समय सन्दीपले सामाजिक सञ्जालमा स्टाटस राख्दै आइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*