बालयौन दुरूपयोगमा मदन राई दोषी ठहर

निरन्तर न्यूज
१३ माघ २०८१, आईतवार १३:३७

काठमाडौं । आफूलाई कृषिविज्ञ बताउने मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले माघ १० गते ७५ वर्षीय राईलाई दोषी ठहर गरेको हो ।

शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईले सोही फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ । उनलाई ३ वर्षसम्म कैद सजाय हुनसक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*