आधा किलो सुनसहित एक युवा पक्राउ
बुटवल । प्रहरीले दाङको घोराहीबाट आधा किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका १४ मिलन चोक बस्ने २५ वर्षका रन्जित रसाईली ४९७.०४ ग्राम सुनसहित पक्राउ परेका हुन्।
लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलमा अबैध रुपमा सुन ल्याउँदै गरेको सूचनाका आधारमा ट्राफिक चोकमा जाँच गर्दा २ वटा सिक्री र सुनको सानो डल्लो फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।
रसाईलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








