ड्युटीमा रहेका प्रहरीमाथि चक्कु आक्रमणको प्रयास

निरन्तर न्यूज
३० माघ २०८१, बुधबार १०:४४

धनगढी । धनगढीको ट्राफिक चौराहमा मंगलबार राति ड्युटी गरिरहेका प्रहरीमाथि चक्कु आक्रमणको प्रयास भएको छ। राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेका हुन्। अहिले सो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*