मकवानपुरमा लागु औषध अफिमसहित २ जना पक्राउ

हेटाैँडा । मकवानपुर प्रहरीले अफिमसहित २ जनालाई पक्राउ गरेकाे छ ।
जिल्लाकाे राक्सिराङ गाउँपालिका ५ बाेटबारी नजिक हिडिरहेका २ युवालाई खानतलासी गर्ने क्रममा नीजहरुकाेसाथबाट २ किलाे १४० ग्राम अफिम फेला पारेकाे हाे ।
अफिमसहित बारा जिल्ला कलैया ४ का दिपक साह र सिम्राैनगढ ४ का शशी मुखियालाई प्लाष्टिकले बेरेर राखेकाे लागु औषध अफिमसहित इलाका प्रहरी कार्यालय मनहरीकाे टाेलीले पक्राउ गरिएकाे मकवानपुर प्रहरी प्रवक्ता नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यसैगरि साेही स्थानमा ३ केजी २ सय ग्राम लागुओषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
मनहरी ७ का रबिन तामाङ र बलारम थिङलाई बाप्र ३-००५ प ९९२२ नम्बरकाे माेटरसाइकलमा लुकाइ ल्याएकाे उक्त गाँजासहित पक्राउ गरिएकाे प्रवक्ता अर्यालले जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भैरहेकाे प्रहरी निरीक्षक बिशाल सापकाेटाले जानकारी दिए ।