शिक्षामा प्राइभेट क्षेत्रले पनि योगदान गरेकाे छ : मुख्यमन्त्री लामा

निरन्तर न्यूज
१५ फाल्गुन २०८१, बिहीबार २१:३८

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामाले प्राइभेट सेक्टको पनि शिक्षामा योगदान रहेको बताएका छन् ।

बिहिबार हेटौँडाको तुलसी मेहर माध्यमीक बिद्यालयको ४३ औ वार्षिकोत्सव एवम् अभिभावक भेलामा बोल्दै मुख्यमन्त्री लामाले शिक्षालाई विकासको मेरुदण्डको रुपमा परिभाषित गर्दै मेरुदण्ड बिग्रिएमा सबै क्षेत्रको विकासको परिकल्पना गर्नु बेकार रहेको बताएका छन्।

प्राइभेट स्कुल नभए सामुदायिक बिद्यालय निदाएर बस्ने टिप्पणी गर्दै मुख्यमन्त्रीले प्राइभेट बिद्यालय राम्रो हुने तथा सरकारी बिद्यालय राम्रो नहुने विषयमा आपूहरुले धेरै पटक छलफल गरेपश्चात अहिले सामुदायिक बिद्यालयहरु पनि राम्रो बन्दै गएको बताए ।

मुख्यमन्त्री लामाले भने ‘शिक्षा विकासको मेरुदण्डलाई कसैले पनि नभाँची अगाडी बढ्न मेरो अनुरोध छ’, ‘संविधानले प्रदत्त गरेको शैक्षिक अधिकारलाई सुनिश्चित गर्न तीनै तहको सरकारले बिद्यालयको पठनपाठन राम्रो गर्न सके विकासले फड्को मार्नेछ’ ।

उनले भने ‘विभिन्न विधामा पढ्दै कमाउँदै सिक्दै व्यवसायिक शिक्षालाई केन्द्रित गर्न जरुरी रहेको छ’ ।

मकवानपुर जिल्लाको पुरानो नीजी शैक्षिक संस्थाको रुपमा परिचित बिद्यालयका प्राचार्य रघुनाथ खरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री लामाले बिद्यालयका शिक्षक, कर्मचारी तथा पत्रकारलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु