मकवानपुरमा बिष्फोटक पदार्थ सहित १ जना पक्राउ

निरन्तर न्यूज
२१ फाल्गुन २०८१, बुधबार ०९:२२

हेटौंडा । मकवानपुर प्रहरीले बिस्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ ।

हेटौडा ३ को प्रहरी चौकी बसामाडी अगाडीको सडकखण्डमा बस्तीपुरबाट हेटौडातर्फ आउदै गरेको ना ८ ख. ४२१४ नं. को यात्रुवाहक बसमा सवार भई आएका जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १९ बस्ने वर्ष ४३ को अमृत घलानलाई बिस्फोटक पदार्थसहित पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रबक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीले घलानलाई शंका लागी खानतलासी गर्ने क्रममा निजले बोकेको झोला भित्र लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ९० प्रीमियर ३२ एमएम एक्स्प्लोसिभ क्लास २लेखिएको विष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ थान -१, नियोजेल ९०१,क्याप सेन्सेटिभ इमल्सन एक्स्प्लोसिभ लेखिएको सुन्तला रंगको प्लाष्टिकमा रहेको बिष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ थान- १, बिष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ थान -२, सुन्तला रंगको प्लास्टिकमा रहेको बिष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ थान -३, कालो रंगको टेपले बेरी राखेको सेतो रंगको तार जोडेको बिद्युतीय डेटोनेटर थान -६, कालो टेपले बेरी रातो सेतो रंगको तार जोडेको बिधुतिय डेटोनेटर थान -२० गरी जम्मा थान -३३ र तार नजोडेको कालो टेपले बेरी राखेको डेटोनेटर थान -१४ साथै डेट्कोर्ड जस्तो देखिने रंगको तार ३ फिट ६ ईन्चको -१ थान, ३ फिट ८ ईन्चको थान -१ गरी थान -२ फेला परेको हुदाँ उक्त बिष्फोटक पदार्थ सहित घलानलाई नियन्त्रणमा लिईएको हो।

त्यस पश्चात् मकवानपुर जिल्ला अदालत हेटौडाबाट बिष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्धामा अनुसन्धान कार्य भईरहेको प्रबक्ता अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*