दुई किलो सुनसहित ठमेलबाट दुई जना चिनियाँ पक्राउ
निरन्तर न्यूज
७ श्रावण २०८२, मंगलवार १५:०१
काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।








