मनहरी खेलकुद तथा व्यापार महोत्सवको खेलकुद मन्त्री महर्जनद्वारा उद्घाटन

हेटौंडा । मनहरीमा बुधबारबाट प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव शुरु भएको छ । बागमती प्रदेश सरकारका युवा तथा खेलकुद बिकास मन्त्री मिनकृष्ण महर्जनले महोत्सवको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्नुहुदै मन्त्री महर्जनले महोत्सब लागिरहेको स्थान मनहरी ८ बेलुवाको खेल मैदानलाई पर्खालको ब्यबस्था मिलाईदिने र यसपटक बजेट थोरै भएको कारण खेलकुदमा आगामी बजेटमा पहिलो प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो ।
बिशिष्ट अतिथी संविधान सभा सदस्य राजाराम स्याङ्तानले खेलकुद महोत्सव गराउन यस भन्दा अघिल्लो स्थानिय सरकारलाई पटक पटक सुझाव दिएको तर सफल भएन तर यो पटक अहिलेको स्थानिय सरकारले यो शाहस गरेको बन्दै प्रसंशा गर्नुभयो । साथै यसको निरन्तरताको लागि पनि शुभकामना दिनुभयो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै जिल्ला समन्वय समिती मकवानपुर प्रमुख ललित घलानले खेलकुदको माध्यमबाट मनहरीलाई चिनाउन आयोजक सफल रहने बिश्वास ब्यक्त गर्नुभयो साथ साथै खेलकुद र व्यापार अनि मनोरञ्जनलाई एकै ठाउँ गास्ने प्रयास गरिएकोमा सफलताको शुभकामना दिनुभयो ।
मनहरी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमको अतिथी सीता पुलामी मगर ( रेखा) ले खेलकुद महोत्सब मनहरी गाउँपालिकाको चिनारी भएको भन्दै सबैले यसलाई उत्सवको रुपमा लिनुपर्ने बताउनुभयो । खेल सङ्गै व्यापार महोत्सवलाई पनि स्थान दिईएको बताउनुभयो । १३ दिन सम्म सन्चालन हुने महोत्सबमा खेलकुद गतिबिधी,व्यापार तथा मनोरञ्जनका कार्यक्रम संचालन हुने भएकोले आगामी दिनमा यसको ब्यवस्थापनलाई अझै सुदृढ बनाएर लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा पालिका भित्रका बिधालयहरुका बिधार्थीहरुले मार्च पास तथा पिटि प्रदर्शन गरेका थिए । महोत्सवको बिधिवत रुपमा बुधबार उद्घाटन भएको छ भने खेलकुद गतिबिधी आजबाट शुरु हुनेछ । खेलकुद महोत्सबमा अध्यक्ष कप फुटबल , उपाध्यक्ष भलिबल कप,क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स लगाएतका ईभेन्टहरु समाबेस गरिएकोछ ।
फुटबल तर्फ बिजेता/ उपबिजेताले क्रमश: नगद १,००,०००/- एक लाख रुपैयाँ र ५०,०००/- पचास हजार रुपैयाँ , उपाध्यक्ष भलिबल तर्फ बिजेता/उपबिजेताले क्रमशःनगद ५०,०००/-पचास हजार रुपैयाँ र ३०,०००/- तीस हजार रुपैयाँ , क्रिकेट तर्फ बिजेता/ उपबिजेताले क्रमशः ३०,०००/- तीस हजार रुपैयाँ र २०,०००/- बीस हजार रुपैयाँ , ब्याडमिन्टन (जोडि तर्फ) बिजेता/ उपबिजेताले क्रमशः ३०,०००/- तीस हजार रुपैयाँ र २०,००००/-बीस हजार रुपैयाँ , एथलेटिक्स तर्फ २०० मिटर खुल्ला दौड बिजेता र उपबिजेताले क्रमशः १५,०००/- पन्ध्र हजार रुपैयाँ र ७,५००/- सात हजार पाँच सय रुपैयाँ त्यस्तै १०० मिटर खुल्ला दौडको बिजेता/उपबिजेताले क्रमशः १०,०००/- दश हजार रुपैयाँ र ५,०००/- पाँच हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथ साथै हरेक प्रतियोगिमा बिधागत रुपमा खेलाडीलाई नगद सहित पुरस्कृत गरिनेछ । हरेक बिधामा मनहरी गाउँपालिकाको वडा भित्रका खेलाडी मात्र समाबेस हुन पाउनेछ ।
खेलकुद महोत्सवमा समाबेश गरिएको खेलहरु मनहरी गाउँपालिका वडा नम्बर ७ र ८ मा संचालन हुनेछ ।
फुटबल, क्रिकेट र एथलेटिक्स मनहरी ७ रमौली स्थित मनहरी क्षेत्रीय रंगशालामा संचालन गरिनेछ । त्यस्तै ब्याडमिन्टन मनहरी ७ रमनटार स्थित रबिन स्मृति कभर्डहलमा संचालन हुनेछ भने उपाध्यक्ष भलिबल प्रतियोगिता मनहरी ८ सिम्पानी स्थित गणेशधारा फुटबल चौरमा सन्चालन हुनेछ।
बागमती प्रदेश सरकारका युवा तथा खेलकुद बिकास मन्त्री मिनकृष्ण महर्जनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संविधान सभा सदस्य माननीय राजाराम स्याङ्तानको बिशिष्ट आतिथ्यता रहेको थियो । यस्तै जिसस मकवानपुर प्रमुख ललित घलान बिशिष्ट अतिथी , मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालखेती बिशिष्ट अतिथी, मनहरी गाउँपलिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) को बिशिष्ट आतिथ्यता रहेको थियो । यस्तै मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदी,२ नम्बर वडा अध्यक्ष राजकुमार पाख्रिन,८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती , राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षा शाखा प्रमुख ,विभिन्न बिधालयका प्रधानाध्यापकहरु लगाएत अन्यको आतिथ्यता रहेको थियो । फाल्गुन २१ गते देखि चैत्र ४ गते सम्म सन्चालन हुने महोत्सब मनहरी खेलकुद बिकास समितिका अध्यक्ष बिरु लामाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।