समुन्नत र सभ्य समाज निर्माण गर्न सबैकाे याेगदान जरुरी : सिडिओ श्रेष्ठ

निरन्तर न्यूज
२५ फाल्गुन २०८१, आईतवार २१:१५

हेटाैँडा ।  मकवानपुरकि प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले समुन्नत र सभ्य समाज निर्माण गर्न सबैकाे याेगदान जरुरी रहेकाे बताएकि छिन् ।

जिल्लाकै पहिलो महिला प्रमुख जिल्ला अधिकारी बनेकि श्रेष्ठले दैनिक जनताकाेसेवामा जोडिने बताएकि छिन् ।

आज आईतबार जिल्लाका सञ्चारकर्मीहरुसँगकाे भेटघाटमा हामीले साेचकाे समाज निर्माणकाे लागि पत्रकारहरुले  जति हामीलाई धकेल्नु हुन्छ त्यति आपूहर दाैडने बताइन् ।

लेख्ने कुरा नलेख्ने र नलेख्ने कुरा लेख्ने तर्फ सचेत हुँदै सत प्रतिशत सहि सुचना मात्रै सम्प्रेषण गर्न सकेमा अपराधिक गतिविधिमा शुन्य सहनशिल रहने श्रेष्ठले बताइन् । प्रशासनका गतिविधिलाई खबरदारी गर्न र भएका उपलब्धिलाई सहि सुचनाका माध्यमबाट जनतासमक्ष पुर्‍याउन श्रेष्ठले आग्रह गरेकी छन् ।

लागुऔषध र्दुव्यसनी न्युनिकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियमको उलङ्घन, खानी दोहन, यौनजन्य धन्दाको विकृति लगायतका विषय नै जिल्लामा गम्भीर समस्याकाे रुपमा रहेकाे प्रजिअ श्रेष्ठलाई सञ्चारकर्मीहरुले अवगत गराएका थिए । श्रेष्ठले यही फाल्गुन १५ देखि प्रजिअको जिम्मेवारी सम्हालेकि हुन् ।

कार्यक्रममा भर्खरै सहायक प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी सम्हालेका राजेन्द्र प्रसाद कँडेल, प्रहरी उपरिक्षक बिश्वराज खड्कालगायत सुरक्षा समितिका सदस्यहरुकाे सहभागिता थियाे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु