मकवानपुरमा २८ एसईई परीक्षा केन्द्र

निरन्तर न्यूज
२६ फाल्गुन २०८१, सोमबार २१:१३

हेटौंडा। मकवानपुरमा यस बर्ष हुने एसइई परीक्षाका लागी परीक्षा केन्द्र निर्धारण गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले सोमबार परीक्षा केन्द्रको तालिका सार्वजनिक गरेको हो।

यस वर्षबाट मकवानपुरका १० वटै स्थानीय तहका २८ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ। त्यसैगरी यस बर्ष मकवानपुरमा सामुदायिक तर्फ ११२ र संस्थागत तर्फ ३७ विद्यालय गरी कुल १४९ विद्यालय एसइई परीक्षामा सामेल हुने समन्वय ईकाई प्रमुख सुदिप गिरीले बताएका छन्।

चैत ७गतेबाट सुरु हुने परीक्षाको तयारी पुरा भइसकेको जनाइएको छ।उत्तर पुस्तिका र प्रश्नपत्र प्रहरीको समन्वयमा परिक्षा केन्द्र पठाउने काम शुरू गरिसकिएको गौतमले बताएका छन्। उनले १/२ दिनमा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्यक्रम रहेको बताएका छन्। उनले संघ र प्रदेशबाट प्राप्त हुने उत्तर पुस्तिका र प्रश्नपत्र प्राप्त भइसकेको उल्लेख गरेका छन्।
यस बर्ष मकवानपुरमा बागमती गाउँपालिका अन्तर्गत जनता मा वि फापरबारी,बकैया गाउँपालिका अन्तर्गत बुद्ध मावि हात्तीसुडेँ र महेन्द्र मा वि छतिवन, जनकल्याण मा वि पालुङ, महेन्द्र मा वि भिमफेदी, मत्सनारायण मा वि पालुङ,सरस्वती बालबोधीनी मा वि मार्खु, बज्रबाराही मा वि, राष्ट्रिय रोटरी मा वि मनहरी सुनाचुरी, महेन्द्र किरण माध्यमिक विद्यालय ज्यामिरे मनहरी,महेन्द्र किरण माध्यमिक विद्यालय हेटौंडा-३ बसामाडी, निर्मल माध्यमिक विद्यालय बस्तिपुर,वंशगोपाल माध्यमिक विद्यालय चौघडा, आधुनिक माध्यमिक विद्यालय हेटौंडा-४,ज्ञन्दा मा वि हेटौंडा-१०,वाल ज्योती माध्यमिक विद्यालय हेटौंडा-५ पिप्ले, सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा-२, भुटनदेवी मा वि हेटौंडा-४, जि एस निकेतन हेटौंडा-५, सोलिड्यारिटी ईङलिश बोर्डिङ स्कुल हेटौंडा-१०, प्रगती मा वि हेटौंडा-९ ,जनप्रिय मा वि हेटौंडा-१६, अमर मा वि हेटौंडा-१, श्रमीक मावि हेटौंडा-४,चन्द्रोदय मा वि हेटौंडा-८ र प्रजा जागृति मा वि राक्सिराङ र कैलाश गाउँपालिका – ९ नामटारमा रहेको कालिका मावि गरी २८ परीक्षा केन्द्र निर्धारण गरेको छ। गत वर्ष २६ परीक्षा केन्द्र रहेकोमा श्रमीक मा वि हेटौंडा-४ र कैलाश- ९ स्थित नामटारमा रहेको कालिका माविमा नयाँ केन्द्र थप गरिएको हो। यो संगै यस वर्षबाट मकवानपुरको सबै (१० वटै) स्थानीय तहमा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको छ। श्रमीक मा विमा मकवानपुरका प्रविधिक धारमा पढाइ हुने विद्यालयको मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*