मकवानपुरमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्युको

निरन्तर न्यूज
२७ फाल्गुन २०८१, मंगलवार २२:१६

हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ७ रमनटारमा चितवनबाट मनहरीतर्फ आउदै गरेको ग ११ प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फबाट आउदै गरेको बागमती प्रदेश ०३-००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले पछाडीबाट ठक्कर दिदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । दुर्घटनामा मोटरसाइकल सवार बारा कोल्हवी नगरपालिका वडा नम्बर ४ कवडी घर भएकी अन्दाजी ३४ वर्षीया सरिता देवी चौधरीको मृत्यु भएको हो। उनको गम्भीर अवस्थामा उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सोही स्थान बस्ने अन्दाजी ३५ वर्षीय शिव कुमार चौधरी र सवार अन्दाजी ५ वर्षीय बालक अन्स चौधरी घाइते भएको जनाइएको छ। मृतक चौधरी र घाइते चालक शिव कुमार श्रीमान श्रीमती रहेको जनाइएको छ। ठक्कर दिने सवारी र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ।घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*