मकवानपुरको निर्मल क्याम्पसमा अनेरास्ववियुका भन्डारी बिजयी

निरन्तर न्यूज
४ चैत्र २०८१, मंगलवार १९:११

हेटौँडा । मकवानपुरमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन अन्तर्गत हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रशान्त भण्डारी विजय भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा ५३ मतसहित भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका आकांक्षी विप्लप निकट अखिल (समाजवादी) की नविना घलानले ३१ मत प्राप्त गरिन।

निर्मल बहुमुखी क्याम्पसमा ८७ जना मतदाता मध्ये ८४ मत खसेको क्याम्पस संचालक समितिका अध्यक्ष राजकुमार भेटवालले जानकारी दिए ।

भण्डारीको प्यानलबाट सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल, सदस्यमा अम्बिका अर्याल, आयुषा ढकाल, सुजन तामाङ र दुर्गाकुमारी पण्डित निर्वाचित भएका छन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*