नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित ५ जना निलम्बनमा

निरन्तर न्यूज
२० चैत्र २०८१, बिहीबार १७:३९

काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ।

आइएफआरसीलअध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो।
अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको छ ।

उनीहरू माथी संस्थाको आधारभूत मान्यता कुल्चेको, सामान्य सिद्धांत हरु परिपालना नगरेको , प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*