पूर्व प्रदेश प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

निरन्तर न्यूज
३ बैशाख २०८२, बुधबार १६:३६

काठमाडौं । मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजविरुद्ध जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। प्राप्त जाहेरीका आधारमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जनाउ छ ।

जाहेरवाला पक्षको दाबी पुष्टि हुने /नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।

जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । शुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*