प्रतिष्ठानको बाेर्ड केरमेट गरेको आरोपमा पक्राउ परेका युवाहरू रिहा

निरन्तर न्यूज
५ बैशाख २०८२, शुक्रबार १४:५०

हेटौंडा । मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल भवनको मुल बाेर्डमा रहेकाे प्रतिष्ठानकाे नाम छाेपी केरमेट गरेकाे आराेपमा पक्राउ परेका ६ जनालाई रिहा गरिएको छ ।

उक्त घटनामा संलग्न रहेकाे आराेपमा पक्राउ परेका हेटौँडाका युवाहरू सुनील गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई अहिले भर्खरै रिहाइ गरिएको हो  ।

बिहीबार नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद गरी अनुसन्धान थालेको  भए तापनि  मकवानपुर प्रहरीले उनीहरूलाई रिहा गरेको हो।

युवाहरूको रिहाइको निम्ति मकवानपुरका विभिन्न राजनीतिक दलमा आबद्ध युवाहरूले बिहिबार चक्काजाम गरेका थिए। त्यस्तै आज शुक्रबार जिल्ला प्रशासन जाने सडकमा हिरासतमा रहेको युवाहरूको रिहाईको माग गर्दै जुलुस सहितको नाराबाजी गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*