टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ

निरन्तर न्यूज
८ बैशाख २०८२, सोमबार १३:५८

काठमाडौं । टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने एक युवक पक्राउ परेका छन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा राखेपछि उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*