सरकारी वकिलको कार्यालयबाट एक थुनुवा हतकडीसहित फरार

निरन्तर न्यूज
१४ बैशाख २०८२, आईतवार २०:११

धनगढी । जिल्ला सरकारी वकिलको कार्यालय कैलालीबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन्। इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्‍याइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्‍याएको थियो। महिला दिउँसो सवा २ बजे नै हतकडीसहित भागेको भए पनि २ बजेर ४० मिनेटमा मात्र सम्बन्धित टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो । दमाईको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*