मन्त्री काफ्लेद्वारा हेटाैँडामा रहेकाे रामानुजाचार्यको समतामूर्ती अनावरण

निरन्तर न्यूज
१९ बैशाख २०८२, शुक्रबार २२:०५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७, न्युरेनी चिसापानी स्थित पशुपति मन्दिरको हाताभित्र रामानुजाचार्यको समतामूर्ती स्थापन गरिएको छ।

स्थापना गरिएको समतामूर्तीको शुक्रबार अनावरण गरिएको छ। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले स्थापना गरिएको समतामूर्तीको अनावरण गरेका हुन्।

पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुबोध रिमालको अध्यक्षतामा भएको अनावरण कार्यक्रममा न्युरेनी चिसापानि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रकाश कार्की, मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष केदार प्रसाद मिश्र, दिलिप घिमिरे, कृष्ण प्रसाद घिमिरे, संगालो टोल विकास संस्थाका अध्यक्ष रोम बहादुर न्यौपाने, स्वामी वरदराज आचार्य, बद्री सापकोटा, जनार्दन पौडेल, स्थानीय महिला, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

रामानुजाचार्यको जन्मोत्सवको अवसरमा पारेर स्थानीय दामोदर अधिकारी र उनको परिवारको सहयोगमा करिब ५ लाखमा समतामूर्ती स्थापना गरिएको हो। कार्यक्रममा समतामूर्ती निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु