बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

निरन्तर न्यूज
२३ बैशाख २०८२, मंगलवार ०९:५३

हेटाैँडा । बागमती प्रदेश सरकारले भाेली बुधवार बैशाख २४ गते सार्वजनिक बिदा दिएको छ ।

प्रदेशकाे भाषा दिवसको अवसर पारेर बुधवार सरकारले सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सरकारले ‘सरकारी कामकाजी भाषा ऐन ०७९’ कार्यान्वयनमा आएको दिन २४ वैशाखलाई ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सार्वजनिक बिदा दिएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।

प्रदेशकाे पर्यटन मन्त्रालयले उक्त दिन विशेषा कार्यक्रम गरि भाषा दिवस मनाउने घाेषणा गरेकाे छ ।

यसअघि बागमती प्रदेश सरकारको १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा भाषा दिवसको दिन पारेर सार्वजनिक बिदा दिने गरी प्रदेश सरकारको क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*