बजेट निर्माणकाे सन्दर्भमा प्रचण्डसँग अर्थमन्त्री पौडेलले लिए परामर्श

निरन्तर न्यूज
२३ बैशाख २०८२, मंगलवार १०:२४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारका माननीय अर्थमन्त्री विष्णु पौडेलबीच आज भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेट भएको हो ।

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको प्रचण्डको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । तर
नेपाली कांग्रेससँग सत्तासाझेदारी गरिरहेको एमालेको पछिल्लो पटक माओवादीसँगको भेटघाट र सम्पर्कलाई गठबन्धनमा संभाव्य खटपटको रुपमा पनि हेरिएको छ।

हिजो सोमबारको संसद् बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिचको भेट र हाउभाउका विषयमा पनि चर्चा चलिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*