शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते

निरन्तर न्यूज
२४ बैशाख २०८२, बुधबार ०९:२३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते भएका छन् ।

मङ्गलबार राति खुलमटारस्थित निवासको शौचालयमा लडेर प्रचण्ड सामान्य घाइते भएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालभ्युजलाई जानकारी दिए ।

नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारपछि पूर्वप्रधानमन्त्री प्रचण्ड आफ्नै निवास फर्किएको आचार्यले जानकारी दिए ।

‘लडेपछि शरीरभित्र केही चाेट छ कि भनेर अस्पताल लगियो । उहाँ तलबाट हिँडेरै माथि जानुभयो । भित्री असर केही नदेखिएपछि उहाँ निवास फर्किनुभएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु