माेटरसाइकलमा गाँजा बाेक्ने २ जना प्रहरी फन्दामा

निरन्तर न्यूज
२६ बैशाख २०८२, शुक्रबार १०:०५

हेटाैँडा । प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले मकवानपुरगढी गाउँपालिकाकाे सुकौरा बुढीचौरबाट हेटौँडा बजारतर्फ आउदै गरेको ना २६ प ३६७१ नम्बरको मोटरसाईकलबाट २ किलो ५३० ग्राम लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेकाे हाे ।

मोटरसाईकल चालक  दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर— ०८ बस्ने वर्ष २५ को विजय थापा र मकवानपुरगढी गाउँपालिका— ०७ बस्ने वर्ष ३५ को शुनिल बोम्जनलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध उनीहरुको साथबाट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

जिल्लाकाे मकवानपुरगढी गाउँपालिकाबाट खटिएको प्रहरी टोलिले गढी गाउँपालिका— २ शिखरकटेरी स्थित कान्तिलोकपथ सडकखण्डमा सवारी साधनहरु रोकि चेकजाँच गर्ने क्रममा उनिहरुलाई माेटरसाइकलसहित  नियन्त्रणमा लिएकाे अर्रयालले बताए ।

यसैगरि प्रहरीले लागूऔषध नाईट्रोभेटसहित एक जनालाई प्रकाउ गरेको छ ।

हेटौंडा उपमहानगर १५ रातोमाटे चेकपोईन्टस्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१ ०३१ च ५०२२ नम्बरको यात्रुबाहक इभी सवारी (बिद्युतिय गाडी) रोकि चेकजाँच गर्ने क्रममा गाडीमा सवार मौलापूर नगरपालिका ९ रौतहटका ३२ वर्षीय सुनिल सिंह पटेललाई नाईट्रोभेटसहित पक्राउ गरेको हो ।

 

पटेल उक्त गाडीको छतमा सुटकेस र झोलाभित्र लुकाईछिपाई ल्याएको अवस्थामा लागूऔषध नाईट्रोभेट ३४४० ट्याबलेट, ट्रमाडोल २८५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डाईजेपाम ३७८ एम्पुल मकवानपुर प्रहरीले बरामद गरेकाे छ ।

उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु