हेटौंडा सिमेन्ट निजीकरकाे विरुद्धमा माओवादीकाे बिराेध

निरन्तर न्यूज
२६ बैशाख २०८२, शुक्रबार ०९:४०

हेटाैँडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरले हेटाैँडा सिमेन्ट उद्याेग लिमिटेड निजिकरण निजीकरण नगर्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ । आज बिहीबार नेकपा (माओवादी केन्द्र) मकवानपुरले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

नेपाल सरकारले २०८२ बैशाख १५ गते मकवानपुर जिल्लामा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलगायत केही सरकारी उद्योगहरु निजीकरण गर्ने निर्णयकाे विराेधमा सरकारी उद्योगहरु निजीकरण नगर्न र बन्द अवस्थामा रहेका हेटौंडा कपडा उद्योग लगायतका उद्योगहरु पुनः सञ्चालनको मागसहित नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हाे ।

माओवादी नेता तथा कार्यक्ताहरुकाे जुलुशले हेटौंडा २ स्थित मानस चोकबाट सरकार विरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर जिल्ला  इन्चार्ज बिजय गौतम र जिल्ला संयाेजक भीम पाख्रीनकाे संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्र  प्रजिअ श्रेष्ठलाई बुझाएको हो ।

र्‍यालीमा ‘हेटौंडा सिमेन्टलाई निजीकरण गर्न पाईदैन’, ‘सरकारी उद्योग बचाउ, सुशासन कायम गरौं’ जस्ता प्लेकार्ड र नारासहित माओवादी केन्द्रका नेता कार्यकर्ताहरुकाे सहभागिता रहेको थियो ।

ध्यानाकर्षण पत्रमा एकातिर बन्द रहेका उद्याेग उद्योगहरु पुनः सञ्चालनको माग र पहल भईरहेको सन्दर्भमा चालु अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योगलगायत सरकारी उद्योगहरुको निजीकरण गरिन खाेज्नु खेदजनक भएको भन्दै वर्तमान सरकार राष्ट्रको हितमा भन्दापनि ब्यापारीकोे हितमा सक्रिय भएको उल्लेख छ ।

सरकारको उद्योगहरुको निजीकरणको निर्णयको भत्र्सना गर्दै हेटौंडा सिमेन्ट उद्योगमा संरचनागत, प्रविधिगत र प्रशासनिक रुपमा आवश्यक सुधार सहित नियमित र ब्यवस्थित सञ्चालन गर्न ध्यानाकर्षण पत्र माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा निजी उद्योगहरुले एकतर्फीे सिमेन्टको मूल्य प्रति बोरा दुई सय रुपैंया भन्दा बढी बढाउँदा समेत सरकार मुकदर्शक बनेको उल्लेख छ । भएका सरकारी उद्योगहरुलाई बन्द गराउने र निजीकरण गर्न खोज्नु बर्तमान सरकार जनता र राष्ट्रकाे हितमा धन्दापनि मुठ्ठीभरका बिचाैलियाे हितमा सक्रिय रहेकाे इन्चार्ज गाैतमले बताए ।

वि.सं. २०३२ सालमा स्थापना भई २०४२ सालदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको हेटौंडा सिमेन्ट उद्योग लिमिटेड ब्यवस्थापनको चरम लापरवाही र कमिसनमुखी प्रबृत्तिको कारण जर्जर अवस्थामा पुगेको गाैतमको आरोप छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जतिसक्दो छिटो ध्यानाकर्षण पत्र प्रधानमन्त्री कार्यालय पुर्याउने प्रतिबद्धता ब्यक्त गरिन्।

हेटाैँडा सिमेन्ट पूर्णरुपमा चलेमा दैनिक ६०० देखि ६५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भएकाे उद्याेग ६ महिना देखि बन्द भएर पुन बैशाख देखि सन्चालनमा आएर दैनिक ४ सय मेट्रिक टन सिमेन्ट उत्पादन भैरहेकाे काे उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले दाबी गरे । अध्यक्ष भण्डारीले ध्यानाकर्षण गराए जस्ताे निजिकरण नभई उद्याेगकाे पाेजिशन हेरेर सरकारले चलाउने कि अर्काे व्यवस्थापन समिति मार्फत् चलाउने कुरा भएकाे प्रतिक्रिया दिदै निजिकरणकाे निर्णय पूरानाे क्यारिओभर हाे भन्दै उनले सरकारकाे बचाउ गरे ।

बैशाख १५ गतेको मन्त्रीपरिषद् बैठकले हेटौंडा सिमेन्ट उद्योग संगै जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, ओरियन्ड म्यागनेसाईटलाई निजीकरण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु