हेटौंडामा बालकलाई ठक्कर दिएर भागेकाे मोटरसाइकल खोज्दै प्रहरी

निरन्तर न्यूज
२६ बैशाख २०८२, शुक्रबार ०९:४५

हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर मोटरसाइकल फरार भएको छ।

हेटौडा ८ स्थितमा रहेको चन्द्रोदय मावि अगाडी हेटौंडा हटिया सडकखण्डमा हेटौंडा ९ पशुपतिनगरबाट हरियाली तर्फ जादै प्रदेश -०२ ००९ प ४७२८ नम्बरको मोटरसाइकलले स्थानीय निश्चल थापाको अन्दाजी ५ वर्षीय छोरा एलेस थापालाई ठक्कर दिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। ठक्करबाट बालक गम्भीर घाइते भएको र थप उपचारका लागि भरतपुर पठाइएको जनाइएको छ ।

ठक्कर दिएर फरार भएको मोटरसाइकललाई प्रहरीले सिसिटिभि फुटेज हेरेर खोजी कार्य गरिरहेको जनाइएको छ। प्रहरीले मोटरसाइकल नम्बर पत्ता लागिसकेको र मोटरसाइकल पनि छिट्टै फेला पर्ने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*