चलचित्र पत्रकार संघले मकवानपुरका अधिकारीसहित ३ जनालाई पुरस्कृत गर्दै

निरन्तर न्यूज
३० बैशाख २०८२, मंगलवार ११:१८

हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग सम्पादक रेनिश फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गर्ने भएको छ ।

सोमबार बसेको संघको बैठकले नन्दबहादुर महर्जन स्मृती राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई सम्मानित गरिने संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए ।

उनका अनुसार मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई कलाकर्मी सम्मान २०८२ बाट रंग सम्पादक रेनिश फागोलाई सम्मान गरिने निर्णय भएको छ ।

यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिन लागिएको अध्यक्ष खड्काले बताए । अधिकारी दुई दशकदेखी रेडियोमा सक्रिय रहेका छन् ।

दिवसकै अवसरमा पहिलो पटक चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी बालकलाकार शुपला सापकोटालाई अभियान यात्रामा अझै सफलता मिलोस् भन्ने हेतुले प्रशंसा पत्रले सम्मान गरिने अध्यक्ष खड्काले जानकारी दिए । हरेक वर्ष जेष्ठ ७ गते संघको स्थापना भएकोले उक्त दिन चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*