गठ्ठाघरको किरियापुत्री भवन सम्पन्न गर्न महायज्ञ लगाइने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका ३ गठ्ठाघर स्थित सनातन पितृमुक्ति समाजको अधुरो भवन सम्पन्न गर्न सप्ताह लगाइने भएको छ ।
जेठ ४ गतेदेखी १० गते सम्म सञ्चालन हुने श्रीमद्भागवत ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासीले कथा वाचन गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
पितृमुक्तिको लागि गरिने क्रियाकर्मकाे लागि निर्माणाधिन भवनको अपुरो संरचना सम्पन्न गर्न महायज्ञ लगाइने भएको समाजका अध्यक्ष खेम सुवेदीले जानकारी दिए ।
सप्ताह बाट संकलन हुने रकमले भवनकाे संरचना सम्पन्न गर्ने, अक्षयकोष सञ्चालन गर्ने र पुस्तकालय समेत निर्माण गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।
‘१७ वटा उपसमिति बनाएर महायज्ञ सफल पार्न लागिपरेका छौं, सबैको साथ सहयोगले यो कार्यक्रमा सफल हुने विश्वास लिएका छौं ‘ अध्यक्ष सुवेदीले भने ‘ ‘हामीले सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरुलाई समितिले तय गरे अनुसार सम्मान पनि गर्नेछौं ‘।
समाजको भवन परिसर सँगै टेण्ट टाँगेर गरिने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । १६ लाख ऋण लिएर करिब १ करोड ६३ लाख रुपैयाँ लागतमा शौचालय ढीकुरोसहितको भवन ५ आना २ पैसा क्षेत्रफलमा बनेको आयोजकले जनाएको छ ।










