आयोगको केन्द्रीय कार्यालय टंगालले बिहीबार विशेष अदालतमा १६ जना व्यक्ति र दुुई कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरी छनोट गरेर ठूलो रकम घोटाला भएको छ । जसअनुसार प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ । यो प्रकरणमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद मोहन बस्नेतसहितका व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ । बस्नेत सूचना तथा सञ्चार मन्त्री भएको समयमा यो घोटाला भएको अख्तियारले उल्लेख गरेको छ । यससँगै प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन्। प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्बन भएको पत्र पढेर सुनाए।
त्यस्तै परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको छ ।
यी हुन् प्रतिवादीहरू
तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेत
दूरसञ्चारका तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल
तत्कालीन सदस्यहरू
धनराज ज्ञवाली
टीकाप्रसाद उप्रेती
तत्कालीन निर्देशक विजयकुमार राय
उपनिर्देशकहरू
रेवतीराम पन्थ
सुरेश बस्नेत
हिरण्यप्रसाद बस्ताकोट
अच्युतानन्द मिश्र
निर्देशकहरू
सुरेन्द्रलाल हाडा
दीपेश आचार्य
सन्दीप अधिकारी
परामर्शदाता भ्यानराइज सोल्युसन्स
कम्पनीका सीईओ जमल अनोन्ती
लोकल एजेन्ट कनेक्सन ट्रेड प्रालि काठमाडौं
लोकल एजेन्टका अध्यक्ष दिलिपकुमार गुरुङ
निर्देशक तेजप्रसाद खरेल











