थाहाकाे ऋषेश्वर मन्दिर समितिको अध्यक्षमा बिनोद लामा

निरन्तर न्यूज
४ जेष्ठ २०८२, शनिबार ०७:४९

थाहा । मकवानपुरको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा थाहा नगरपालिकाले बिनोद कुमार लामालाई नियुक्त गरेको छ। नेपाल कम्युष्टि पार्टी माओवादी थाहाका अध्यक्ष लामालाई थाहा नगरपालिकाले नगर प्रमुख स्तरीय निर्णय बाट २ जेठमा नियुक्त गरेको हो।

नगरपालिकाले थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक,धार्मिक सम्पदा एंब सांस्कृतिक क्षेत्र व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ को परिक्षद ३ को दफा (२)क अनुसार थाहा नगरपालिका वडा न ४ मा रहेको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर ( छुमी छ्याङ्छुप) क्षेत्र बिकास समितिको अध्यक्ष पदमा नियुक्ती गरेको हो।

थाहा नगरपालिकाले नगरका ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रको संवद्र्धन संरक्षण तथा व्यवस्थापन गर्ने कार्यको शुरुवात अन्तर्गत ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्ष मनोनयन गरिएको नगर प्रमुख विष्णु बहादुर विष्टले प्रतिक्रिया दिए ।
नियुक्ति पछि थाहापाटी संग कुरा गर्दै लामाले हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थलमा आवस्यक भौतिक पुर्वाधार निर्माण गरि धार्मिक पर्यटनको रुपमा बिकास गरि समृद्द थाहा नगरको अभियानलाई उल्लेखनीय टेवा पुग्ने गरि अघि बढ्ने आफ्नो योजना रहेको बताउनु भयो।

क्षेत्र विकास समितिका कार्यकाल चार वर्षको हुनेछ । सामाजिक क्षेत्रमा क्रियाशिल लामा पर्यटन प्रवर्धनका लागि नवप्रवर्तक कार्य गर्नका लागि सँधै अघि सर्ने व्यक्तिको रुपमा समेत चिनिन्छन् ।
यस अघि थाहा नगरपालिकाले वडा न ३ मा अवस्थित संखमुल त्रीवेणी क्षेत्र बिकास समितिमा गुप्त बहादुर कार्कीलाई अध्यक्ष नियुक्त गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*