गृहमन्त्री अनियमिततामा संलग्न नरहेको नेपाली कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।
‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ।
उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए । कांग्रेस भित्रै लेखकले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला कांग्रेसले बैठकनै बसेर लेखकको बचाउ गरेको छ ।