युवा संघको नयाँ नेतृत्व चुन्न मतदान

निरन्तर न्यूज
१४ जेष्ठ २०८२, मंगलवार ११:४४

पोखरा । सत्तारुढ नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीले जनाएको छ ।

पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ । पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत गराउने नाममा सुरुमा रोकिएको निर्वाचन प्रक्रिया सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो।अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् ।

थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन्। उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। थेबेलाई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले र पुरीलाई एमालेभित्र प्रभाव बढाउँदै गएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूहले साथ दिएको युवा संघका नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु