मकवानपुरको मनहरीमा आगलागी हुँदा एक दर्जन बढी चौपाया मरे

हेटौंडा। मकवानपुरको मनहरीमा आगलागी हुदा एक जना समान्य घाईते र एक दर्जन भन्दा बढी चौपाय जलेर मरेका छन्।
बुधबार दिउँसो मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङ स्याङ्बो टोलमा स्थानीय सुरेन्द्र राईको घर नजिकै रहेको गाई गोठ र सँगै रहेको भान्सामा अचानक आगलागी हुँदा आगलागिबाट गाई गोठमा रहेको एक हल गोरु, बाख्रा ७ वटा, कुखुरा १५ वटा पूर्ण रुपमा जलेको साथै भाडाकुडाहरु र २ वटा ग्याँस सिलिण्डर समेत पट्किन गई गोठ जलि पुर्ण रुपमा नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ ।
आगलागी हुँदा निभाउने क्रममा स्थानीय मन कुमार स्याङबोको दाहिने छातिको भागमा सामान्य चोट लागेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । आगलागी स्थानीय, प्रहरीको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको जनाइएको छ।