२० खर्ब हाराहारीको बजेट ल्याउँदै सरकार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्नेछन् ।
सरकारले झण्डै २० खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । त्यसअघि अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ बजे बस्ने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए । संसद सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
त्यसअघि प्रतिनिधिसभाको अपराह्न साढे १ बजे बस्ने बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ । त्यसैगरी, राष्ट्रियसभाको अपराह्न १ः४५ मा बस्ने बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यतालिका छ ।
भिजिट भीसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता देखिएको भन्दै विपक्षी दलले सदन चल्न दिएका छैनन, तर आज बजेट ल्याउने भने उनीहरुले अवरोध नगर्ने बताएका छन् ।