एमाले र राजावादीको प्रदर्शनलाई लक्षित उच्च सुरक्षा सतर्कता

निरन्तर न्यूज
१६ जेष्ठ २०८२, बिहीबार १०:५३

काठमाडौँ । आज गणतन्त्र दिवस, दिवसका अवसरमा नेकपा एमालेले भृकुटीमण्डप क्षेत्रमा भव्य कार्यक्रम गर्दैछ भने सोहि क्षेत्र नजिकै राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतका माग राखेर प्रदर्शन गर्दैछन् ।

कार्यक्रम फरक फरक समयमा हुने भनिएपनि कार्यक्रमलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ अनुसार भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा गर्ने तयारी छ जसको लागि २ बजे पछिको समय तोकिएको छ ।

दुई फरक कार्यक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन र शान्ति सुव्यवस्था कायम राख्नका लागि उच्च सुरक्षा सतर्कता अपनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु