माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

निरन्तर न्यूज
२१ जेष्ठ २०८२, मंगलवार ११:२६

जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। साहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा पत्र बुझाएका हुन्। उनलाई राजीनामा पत्र बुझाउन प्रचण्डले नै निर्देशन दिएको स्रोतले जनाएको छ।

साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए। मधेशमा माओवादीका ९ सांसद रहेका छन्। प्रदेशका सांसदले दबाब दिए पनि साहले भने अध्यक्ष प्रचण्ड र उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृकाप्रसाद यादवको साथ पाएकाले राजीनामा नदिने अडानमै थिए।

तर, केही समयअघि पार्टीप्रति आघात पुग्ने काम गरेको उजुरी अध्यक्ष प्रचण्डसमक्ष परेको थियो। त्यसपछि अध्यक्ष प्रचण्डले नै दलको नेताबाट राजीनामा दिन निर्देशन दिएको खुलेको छ। आफ्नो अडानमा कायम रहेका उनले अध्यक्ष प्रचण्डले नै निर्देशन दिएपछि भने राजीनामा दिएको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु